काठमाडौँ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् । गिरीले ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ मत पाए ।
गिरीको पक्षमा एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदसहित ५७ जनाले मतदान गरे ।
यस्तै, विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरे । सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले भने विश्वासको मत दिएकी छन्।
प्रतिक्रिया