तीन महिनाअघि पोल्याण्ड पुगेका गोविन्दको सवारी दुर्घटनामा मृत्यु

तीन महिनाअघि पोल्याण्ड पुगेका गोविन्दको सवारी दुर्घटनामा मृत्यु


काठमाडौँ । सवारी दुर्घटनामा परी पोल्याण्डमा एक नेपालीको मृत्यु भएको छ। करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ निवासी गोविन्द न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असाम​यिक निध​न​ भएको गैर आवासीय नेपाली संघ (एनआरएन) पोल्याण्डले जनाएको छ।

‘उनको दुःखद घडीमा दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्य​क्त​ गर्दछौं,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ​।