काठमाडौँ ।
आइतबार पोखरामा दुर्घटनाग्रस्त यती एयरको विमानमा सवार ७२ मध्ये हालसम्म ६९ जनाको शव फेला परेको छ। विमानमा सवार दुर्घटनामा परेर बेपत्ता ४ जनामध्ये सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरास्थित सेती नदीमा पसेर एउटा शव निकालेको हो।
बेपत्ता ४ जनामध्ये एक जनाको शव सेती नदीको पानीमा भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए। दुर्घटनामा परेका ३ जनाको अवस्था अज्ञात रहेकाले गोताखोरले खोजिरहेको उनको भनाइ छ।
सशस्त्रले पानीबाट निकालिएको शव गण्डकी अस्पतालमा पठाउँदैछ। दुर्घटनास्थलमा ३ गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट दुर्घटनास्थलमा पठाइएको छ।

प्रतिक्रिया