पोखरा विमान दुर्घटनाः सेती खोँचमा भेटियो ब्ल्याक बक्स

पोखरा विमान दुर्घटनाः सेती खोँचमा भेटियो ब्ल्याक बक्स


काठमाडौँ ।

पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्।

ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, उनले भने। नागरिक उड्डयन प्राधिकरणका अनुसार यती एअरको दुर्घटनाग्रस्त विमानमा चालकदलका चार जनासहित ७२ जना सवार थिए। यात्रुमध्ये ५३ जना नेपाली र बाँकी विदेशी नागरिक थिए।