काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ।
वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ।
प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन। राप्रपालगायतलाई सरकारमा सहभागी गराउने भन्ने बिषयमा पनि छलफल भएको छ। दुवै नेता मन्त्रिपरिषदलाई चाँडै पुर्णता दिनेमा सहमत भएका छन।
प्रतिक्रिया