पोखरामा जहाज दुर्घटनाः अझै फेला परेनन् बेपत्ता ४ जना

पोखरामा जहाज दुर्घटनाः अझै फेला परेनन् बेपत्ता ४ जना


काठमाडौँ ।

पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्।

रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी कार्य रोकिएको थियो । आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ।

चालक दलका ४ जना सदस्यसहित यति एयरलाइन्सको जहाजमा ७२ जना थिए।