काठमाडौँ ।
पोखरामा आइतवार बिहान भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको पुष्टि भएको छ। सुरक्षाकर्मीले घटनास्थलबाट उनको परिचयपत्र पनि फेला पारेका छन्।
उनको शवको सनाखत भइसकेको प्रहरीले जनाएको छ । उनी सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका उपाध्यक्ष थिए। उनी दुई दशकदेखि पत्रकारितामा संलग्न थिए। उनी नेपाल पत्रकार महासंघमा केन्द्रीय सदस्य पनि थिए।
उनी पोखराबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं आएका थिए। हालसम्म ६९ जनाको शव घटनास्थलबाट निकालिसक्दा उनको पनि मृत्यु भएको पुष्टि भएको हो।

प्रतिक्रिया