काठमाडौँ ।
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।
मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए। खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो। जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया