एडिलेडमा चेस,बाघचाल र रुविक्स क्युव प्रतियोगिता हुदै

एडिलेडमा चेस,बाघचाल र रुविक्स क्युव प्रतियोगिता हुदै


एडिलेड । यहि जनवरी ७ शनिवार एडिलेडमा चेस, वाघचाल तथा रुविक्स क्युव प्रतियोगिता हुने भएको छ ।

एडिलेड नेपाली विद्यालयको सपोर्टमा निर्वाना प्लसको आयोजनामा हुने प्रतियोगिता मार्फत नेपाली समुदायमा रहेका तिनै खेलका प्रतिभाहरुलाई प्रवासमा पनि अगाडि बढ्न प्रेरित गर्ने उद्देश्य रहेको आयोजक मध्येका सुपक अधिकारीले बताएका छन् । स्थानिय मिचेल पार्क नेवरहुड सेन्टरमा संचालन हुने प्रतियोगितामा झण्डै ७० जना खेलाडीहरु सहभागी हुने आयोजक अधिकारीले बताएका छन् । उनले प्रतियोगितामा विजयी हुने प्रतियोगिहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गर्ने समेत बताए ।

चेस तर्फ १३ बर्ष मुनिका बालबालिकाहरुको समुह र त्यस भन्दा माथीका समुह गरि दुई समुह र वागचाल तथा रुविक्स क्युवमा एक एक समुहमा खेलाईने जनाईएको छ । आयोजक संस्थाले प्रतियोगीतामा सहभागी हुन सुपक अधिकारी सहित आनन्द वखेल र सन्तोष चालिसेलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।