छोराबुहारी भेट्न अस्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु, शव नेपाल पठाउन ‘गो फण्ड मी’ सञ्चालन

छोराबुहारी भेट्न अस्ट्रेलिया आएकी ७३ वर्षिया वृद्धाको मृत्यु, शव नेपाल पठाउन ‘गो फण्ड मी’ सञ्चालन


मेलबर्न अस्ट्रेलिया । नेपालबाट छोराबुहारी भेट्न सिड्नी आएकी ७३ वर्षिया वृद्धा आमाको निधन भएको छ । डिसेम्बर ३१ तारिखमा हृदयाघात भएकोमा उपचारका क्रममा सिड्नीको कनकड अस्पतालमा मंगलबार उनको निधन भएको हो। 

निधन भएपछि अस्पताल खर्च र शव नेपाल पठाउन बेनी फुटबल क्लबले गो फण्ड मी अभियान संचालन गरेको छ। मृतक वृद्ध आमाका छोरा बेनी फुटबल क्लबबाट फुटबल खेल्दछन् । 

गो फण्ड मी अभियान मार्फत ३० हजार डलर संकलन गर्ने लक्ष्य लिइएको छ। १५ हजार डलर उपचार खर्च र नेपाल शव पठाउन थप १५ हजार लाग्ने भएकाले उक्त ३० हजार डलरको आवश्यकता परेको क्वबले जनाएको छ। 

क्लबले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई यो दुःखदको घडीमा सहयोग गरिदिन आग्रह गरेको छ। सहयोग गर्न चाहानेहरुले यो लिंकमा क्लिक गर्नुहोला ।