एन्काले खेल मैदानमै मनायो आठौ वार्षिक उत्सव

एन्काले खेल मैदानमै मनायो आठौ वार्षिक उत्सव


एडिलेड । एडिलेड नेपाली क्रिकेट एशोसियसन(एन्का)ले आफ्नो आठौ बार्षिक उत्सव क्रिकेट मै आइतवार मनाएको छ ।

एक्सपर्ट एन्का सुपर लिग चलिरहेको स्थानिय साम जोन्सन खेल मैदानमा आयोजित संक्षिप्त वार्षिक उत्सव कार्यक्रममा एन्का पदाधिकारी, खेलाडी, प्रायोजकहरु सहित सहयोगीहरुको उपस्थिति केक काटिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेजका एडिलेडका निर्देशक रुपक वर्तौलाले स्थापना काल देखि एक्सपट एजुकेशनले सक्दो सहयोग गर्दै आएको र एशोसियसनको प्रगतिले आफु उत्साहित भएको बताउदै वर्षिक उत्सवको शुभकामना व्यक्त गरे ।

एन्काका पदाधिकारी सहित अध्यक्ष विजय जोशी

एन्काका अध्यक्ष विजय जोशीले स्थापना कालको समेत स्मरण गर्दै सहयोगीहरु धन्यवाद व्यक्त गरेका थिए । एन्काका पव्लिक रिलेशन अफिसर दिपक क्षेत्रीको संचालनमा भएको कार्यक्रममा सचिव सन्तोष अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेजका एडिलेडका निर्देशक रुपक वर्तौला

सोहि अवसरमा वर्तौलाले गत हप्ता सम्पन्न वालवालिकाहरुका लागि संचालित उलवर्थ वलास्ट क्रिकेटका सहभागीहरुलाई पुरस्कार वितरण गरेका थिए ।