भटाभट कमिटी बनाउँदै प्रवासी नेपाली मञ्च

भटाभट कमिटी बनाउँदै प्रवासी नेपाली मञ्च



सिड्नी, अष्ट्रेलिया ।

नेपालमा नेकपा एमालेसँग सम्बद्ध प्रवासीहरुको शुभेच्छुक संस्था प्रवासी नेपाली मञ्चले विभिन्न क्षेत्रमा आफ्ना कमिटी बनाउने क्रमलाई निरन्तरता दिएको छ । केही समय अघि अष्ट्रेलियामा युवा कमिटी बनाएको संस्थाले अब ओसेनिया क्षेत्रयि कमिटी घोषणा गर्ने भएको छ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आयोजनामा यो शनिबार ३० अक्टोबरका दिन कमिटी घोषणा गर्न लागिएको अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले जानकारी दिए

“कार्यक्रममा लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ । साथै विशेष अतिथिको रुपमा डा. राजन भट्टराई सहभागी हुनुहुनेछ । हामीले हाम्रा समर्थकहरुलाई गोलबद्ध गर्दै लैजाने योजना अनुसार नै कमिटीहरुलाई पूर्णता दिइरहेका छौं ।” पाण्डेले केविसीखबरसँग भने ।


पछिल्लो पटक नेकपा एमाले र माओवादी केन्द्र फुटेपछि प्रवासी नेपाली एकता मञ्च निस्क्रिय बनेको छ भने प्रवासी नेपाली मञ्च पुनः व्यूँताइएको छ । क्षेत्रीय कमिटी घोषणासँगै चाडवाडको शुभकामना आदान प्रदान समेत राखिएको छ । जुम मार्फत बैठक गरी कमिटी घोषणा गरिने भएको हो ।