रेनुका लामाले रचिन् ईतिहास, काउन्सिलर पदमा सबैभन्दा बढी भोट !

रेनुका लामाले रचिन् ईतिहास, काउन्सिलर पदमा सबैभन्दा बढी भोट !


एडिलेड, अष्ट्रेलिया ।

साउथ अष्ट्रेलियाको म्यारियन काउन्सिलको काउन्सिलर पदमा वरिपरिङगा वार्डबाट नेपाली चेली रेनुका लामा विजयी भएकी छिन् । साउथ अष्ट्रेलियामै कुनै पनि काउन्सिल चुनावमा नेपाली विजयी भएको यो पहिलो पटक हो ।

भर्खरै सम्पन्न मतगणनामा लामाले १२०४ मत प्राप्त गर्न सफल भएकी छिन् । लामाको मतगणना प्रतिनिधि युवराज पहाडीले केविसीखबरलाई दिएको जानकारी अनुसार दुई जना छनौट हुने निर्वाचन प्रणालीमा लामा प्रथम भएकी छिन् भने दोस्रो निर्वाचित हुने टेलफरले ११६५ मत प्राप्त गरेका छन् । टेलफर विगत २९ बर्ष देखि सोही ठाउँमा काउन्सिलर रहेका छन् ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको उपाध्यक्ष समेत रहेकी लामाले विजय पश्चात प्रतिक्रिया दिँदै मतदाता सहित सबै सहयोगीहरुलाई धन्यवाद दिएकी छिन् ।