होबार्ट तास्मानिया । अष्ट्रेलियमा रहेका नेपाली पत्रकारहरुको साझ संस्था अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा)को नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिएको छ।
संस्थाले चिरञ्जीवीराज देवकोटाको नेतृत्वमा १२ सदस्यीय समिति निर्वाचित गर्दै होबार्टमा जारी अधिवेशन आज सकिएको हो।
संस्थाको उपाध्यक्षमा कृष्ण तिवारी, प्रकाश हुमागाईं, छत्र शंकर, महासचिवमा नारायण खड्का, सचिवमा सरल गुरुङ, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सदस्यमा प्रतीक सिग्देल, पब्लिक अफिसरमा गणेश भट्ट र प्रवक्तामा तकदिर अधिकारी चयन भएका छन्। सदस्यका
दुई पद भने रिक्त राखिएको छ। अष्ट्रेलियामा दुई दर्जन बढी नेपाली पत्रकार विभिन्न संचार माध्याममा कार्यरत रहेका छन्।
प्रतिक्रिया