नेपाल केन्यासामू ७ रनले पराजित

नेपाल केन्यासामू ७ रनले पराजित


काठमाडौँ । टी–२० श्रृङखलाको चौथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको छ। नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले १ सय १ रनको विजयी लक्ष्य पाएको थियो।

२० ओभरमा सबै विकेट गुमाउँदै नेपालले ९४ रन मात्रै जोड्न सक्यो। नेपालका लागि रोहित पौडेलले ४७ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

केन्याको वलिङमा राखेप पट्टेलले सर्वाधिक ३ विकेट लिए। एलिज ओटिन्हो सेम एन्गोचे र भिराज पट्टेलले समा दुई विकेट लिए। आज पराजित भएसँगै नेपाललाई केन्यासँगको श्रङ्खलाको उपाधि जित्न भोलि हुने अन्तिम खेलमा जित निकाल्नै पर्ने दवाव छ।