अस्ट्रेलिया टुरमा रहेको चर्चित पप ब्यान्ड ‘१९७४ एडी’ आज होबार्ट आउँदै

अस्ट्रेलिया टुरमा रहेको चर्चित पप ब्यान्ड ‘१९७४ एडी’ आज होबार्ट आउँदै


होबार्ट अष्ट्रेलिया । अस्ट्रेलिया टुरमा रहेको चर्चित पप ब्यान्ड ‘१९७४ एडी’ आज  होबार्ट आइपुग्दैछ । सेप्टेम्बर २ तारिख युनिबारमा हुने कन्सर्टका लागि पप ब्यान्ड ‘१९७४ एडी’को टिम साँझ ७ बजे होबार्ट आइपुग्न लागेको हो। 

पपअप इन्टरटेनमेन्टले आयोजना गरेको र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज तास्मानियाद्वारा मुख्य प्रायोजन गरिएको यस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। पपअप इभेन्टका संयोजक डिजे बिरकले तास्मानियामा हुने यो कार्यक्रमको संयोजकत्व गरेका छन्। 

होबार्टमा हुने यस कार्यक्रमका लागि त्यहाँ रहेका नेपालीहरू अत्यन्तै उत्साहित देखिएका छन्। पप ब्यान्ड ‘१९७४ एडी’ ले ‘गुराँसै फुल्यो’, ‘सम्बोधन’, ‘परेलीमा लुकाई राखन’, ‘छुँदैन तिम्रो मायाले’, ‘जति माया लाए पनि’, ‘यो मन त मेरो नेपाली’, ‘पहिलो जूनीमा’, ‘चौबन्दी चोली‘ लगायतका करिब २ दर्जन गीत सुनाउनेछ।

२१ अगस्टदेखि सुरु भएको ‘१९७४ एडी’ को अस्ट्रेलिया टुर ९ सेप्टेम्बरमा सकिने छ।