ग्रेस इन्टरनेशनलले काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने

ग्रेस इन्टरनेशनलले काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने


भदौ १०, काठमाडौँ । ग्रेस इन्टरनेशनलको आयोजनामा काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला हुने भएको छ। शैशिक मेला भदौ १९ गते नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुन लागेको हो।

ग्रेस इन्टरनेसनलका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले शुक्रबार पत्रकार सम्मेलन गरेर विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर मेलाको आयोजना गरेको जानकारी दिए ।

उनले अष्ट्रेलियाका २५ भन्दा बढी स्थापित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको भेला गराई ती संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क र परामर्श गराइने बताए।

पछिल्लो समय अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई भिसामा कडाई गर्दै आएको छ। त्यसको पछाडिको कारण अष्ट्रेलियाको नीतिमा गरिएको कडाई नै रहेको पौडेलले बताए।