आइफोन–१४ भदौ २३ मा सार्वजनिक हुने

आइफोन–१४ भदौ २३ मा सार्वजनिक हुने


काठमाडौँ । विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौंमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौंमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाईएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।

गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्याउनुअधि नै आइफोन १४ का विषयमा विभिन्न खाले चर्चा बजारमा चल्न थालिसकेका थिए ।

आइफोन १४ मा चारवटै छेउको भाग समतल हुनुका साथै भोल्यूम र म्युट बटन गोलाकार हुनसक्ने बताइएको छ । समतल साइडको भाग टाइटानियमबाट बनेको हुनेछ ।

आइफोन १४ मा पछाडिको हिस्सा काँचको हुनेछ । पछाडिको भागमा क्यामराको लागि उठेको भाग हुनेछैन र पूर्णतः समतल हुनेछ । फोनमा इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि रहनसक्ने बताइएको छ ।

आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स पञ्च होल डिस्प्ले रहनेछ । आइफोन १४ प्रो मा प्रयोगकर्ताहरुले ६.०६ इन्धको डिस्प्ले हुनेछ भने आइफोन १४ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले रहनेछ ।

यो स्मार्टफोनमा १२० हर्जको रिफ्रेस रेटसहितको डिस्प्ले हुनेछ । आइफोन १४ मोडेलमा लाइटनिङ पोर्टको सट्टामा युएसबी टाइप सी पोर्ट राखिनेछ ।

सार्वजनिक हुने फोनमा अहिलेसम्मकै उत्कृष्ट सेल्फी क्यामरा हुनेछ । प्रयोगकर्तालाई भिडियो बनाउन र सेल्फी लिनका लागि उच्च रिजोलुसनयुक्त ४८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ । यसमा रहेको १२ मेगापिक्सेलको प्राइमरी लेन्सलाई बढाएर ४८ मेगापिक्सेल बनाउन सकिन्छ ।