ओएनएफ अष्ट्रेलियाको अधिवेशनका लागि सिड्नी आइपुगे डाक्टर भट्टराई

ओएनएफ अष्ट्रेलियाको अधिवेशनका लागि सिड्नी आइपुगे डाक्टर भट्टराई


अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियाको अगष्ट २७ र २८ सिड्नीमा हुने पाचौ अधिवेशन उद्घाटनका लागि संविधान सभा सदस्य, तथा नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई आज सिड्नी आइपुगेका छन् । भट्टराईलाई सिड्नी एयरपोर्टमा ओएनएफ अन्तरराष्ट्रिय कमिटी सचिव रमेश पाण्डे, ओशियाना इन्चार्ज विनोद श्रेष्ठ, अष्ट्रेलिया अध्यक्ष केशव जोशी लगायतले स्वागत गरेका थिए ।

शुक्रवार हुने उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टराई सहित विशेष अतिथिको रुपमा न्यु साउथ वेल्स राज्यको प्रमुख विपक्षी दलका नेता कृष मिनको उपस्थिति रहने मञ्चका प्रवक्ता सन्तोष दहालले बताए । दहालले उद्घाटन समारोहमा भिक्टोरिया राज्यका नेपाली वाणिज्यदुत चन्द्र योन्जन, न्यु साउथ वेल्सका दिपक खड्का, साउथ अष्ट्रेलियाका दिपक धमला, छिमेकी राष्ट्र न्युजिल्याण्डका नेपाली वाणिज्यदुत आत्माराम खनाल र दिनेश खड्का, ओएनएफ अन्तरराष्ट्रिय कमिटी सचिव रमेश पाण्डे सहित अष्ट्रेलियामा क्रियाशिल जन सम्पर्क समिती, नेपाली जन प्रगतिशील मञ्च लगायतका संस्थाहरुबाट प्रतिनिधिहरुको उपस्थिति हुने वताए । अधिवेशनको पहिलो दिन उद्घाटन तथा बन्द सत्र संचालन हुने र दोस्रो दिन समापन तथा घोषणा सभा हुने जनाइएको छ ।अधिवेशनले चौथो अधिवेशन देखि हाल सम्मको मञ्चको गतिबिधीको समिक्षा गर्दै आगामी दिनका लागि आवश्यक योजना निर्माण गर्नुका साथै दुई वर्षका लागि नयाँ नेतृत्वको चयन जनाईएको छ ।

मञ्चका सचिव शिशिर नेपालले अधिवेशन सफताका लागि विभिन्न समितिहरु गठन गरिएको र काम अन्तिम चरणमा पुगेको बताए । सचिव नेपालका अनुसार अध्यक्ष केशव जोशीको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, सन्तोष दहालको संयोजकत्वमा प्रचार प्रसार समिति, राम घिमिरेको संयोजकत्वमा आर्थिक समिति, कृष्ण सापकोटाको संयोजकत्वमा अतिथि सत्कार तथा आवास व्यवस्थापन समिति, दिपक पहारीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, विशाल राना मगरको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, बालगोपाल उपाध्यायको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति गठन गरि कार्यहरु अगाडि बढाइएको बताए । नेपालले अष्ट्रेलियाका आठ वटै स्टेटबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थिति हुने समेत बताए ।