देशभर बन्दको आंशिक प्रभाव, काठमाडौँमा ८ सवारी साधन तोडफोड, ५५ बन्दकर्ता पक्राउ

देशभर बन्दको आंशिक प्रभाव, काठमाडौँमा ८ सवारी साधन तोडफोड, ५५ बन्दकर्ता पक्राउ


काठमाडौँ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकासहित देशभर आंशिक प्रभाव देखिएको छ ।

कैलाली काभ्रेलगायत ६ जिल्लाका विभिन्न १० ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

विभिन्न जिल्लाबाट बन्द गराउँदै हिडेका ५५ बन्दकर्तालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । काठमाडौं उपत्यकालगायत केही ठाउँमा सवारीसाधनमा तोडफोड भएको छ ।

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ।

कैलालीको दुई स्थानमा आज विहान शङ्कास्पद् वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–१ अत्तरिया चौकस्थित धनगढी अत्तरिया र सोही नगरपालिकाको वडा नम्बर ६ स्थित आवास नगरको गेट नजिक शङ्कास्पद् वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीधनगढी–अत्तरिया बाटोमा सेतो प्लाष्टिकमा बेरेर राखेको वस्तु फेला परेको हो । उनका अनुसार प्रहरी निरीक्षक वासुदेव भट्टको कमाण्डमा सात जना प्रहरी खटाइएको र नेपाली सेनासँग समन्वय गरेर शकांस्पद बस्तु माथी अनुसन्धान जारी राखिएको छ ।

यस्तै काभ्रेको धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको धुलिखेलले डिस्पोज गरेको छ । खतरा लेखिएको प्रेसरकुकर बम राजमार्गमा देखे पछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । सो खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो।

यस्तै बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन ।

चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु¥याएका छन । चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।

सरकाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त रूपमा आज नेपाल बन्दको घोषणा गरेका हुन्।