नागरिकता विधेयक बहुमतले पारित

नागरिकता विधेयक बहुमतले पारित


भदौ २, काठमाडौँ । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ। पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको हो।

प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको छ। त्यस्तै मत दिन्न भन्ने पक्षमा भने कुनै मत नपरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतविभाजनको माग गरेपछि मतदान प्रक्रियाबात विधेयक पारित गरिएको हो।