लेखन : स्वयम्भूराज डंगोल
अष्ट्रेलिया शान्त छ, समृद्ध अनि सुन्दर छ । हावापानी पनि हाम्रै नेपालसँग करिब करीब मिल्दो जुल्दो छ । त्यसैले अष्ट्रेलियाप्रति जो कोही पनि आकर्षित हुनु स्वाभाविक हो । स्तरीय पढाई, राम्रो कमाई अनि पढाई पछि सजिलै लिन सकिने स्थायी बसोबास अनुमति । यी तीन वटा कुराले सबैको मन अष्ट्रेलियातिर तानिएको छ । विश्वका अन्य मुलुकबाट जस्तै नेपालबाट पनि अष्ट्रेलियामा स्थायी बसोबास गर्ने र पढ्न जाने विद्यार्थीहरुको संख्यामा बिगतमा भन्दा दोब्बर बृद्धि भएको छ ।
यसरी जनसंख्याको बृद्धि र आगमनमा भएको बृद्धि सँगै सुख र सम्बृद्धि मात्र होइन थुप्रै चुनौती र समस्याहरु पनि आउन थालेका छन् । समुदायमा समय समयमा कुनै न कुनै अप्रिय र दुखद घटनाहरु पनि त्यही मात्रामा घटन थालेका छन् । यस्ता घटनाहरुको फेहरीस्तलाई हेर्दा सरदर महिनामा एक जना नेपालीको कुनै न कुनै घटना वा दुर्घटनामा परी अकालमा ज्यान जाने गरेको पाईन्छ । त्यसमध्ये अधिकांश मृत्यु पानीसँग सम्बन्धित रहेर हुने गरेको छ । वार्षिक ६ देखि ८ जना नेपालीहरु अष्ट्रेलियाको समुन्द्रमा डुबेर ज्यान जाने गरेको तथ्याङ्क छ । हुनत यी घटना नेपाली समूदायमा मात्र होइन अष्ट्रेलियाको राष्ट्रिय समस्याकै रुपमा देखिएको छ । वर्षेनी सयौंको संख्यामा पानीमा डुबेर मानिसको ज्यान जाने गरेको घटनाका कारण यसले स्वयं त्यहाँको सरकारलाई समेत चिन्तित बनाई दिएको छ । उसले यस्ता घटनाहरु, दुर्घटनाहरुको रोकथामका लागि Swimming and Water Safety को अभियान समेत संचालन गर्दै आएको छ । अष्ट्रेलियाली सरकार तथा सम्बन्धित निकायहरूले वर्षेनी सञ्चालन गर्दै आइरहेका विभिन्न सचेतना कार्यक्रम, तालिम र अभियानहरूका बाबजुद पनि पानीमा डुबेर हुने दुर्घटना तथा मृत्यु दर वर्षेनी बढ्दो क्रममा रहेको देखिन्छ ।
हालै मात्र Royal Life Saving Australia र Surf Life Saving Australia द्वारा प्रकाशित National Drowning Report 2025 अनुसार, पछिल्लो १२ महिनामा अष्ट्रेलियामा कुल ३५७ जनाको पानीमा डुबेर मृत्यु भएको छ, जुन विगत १० वर्षको औसतभन्दा २७ प्रतिशत बढी हो ।
यस प्रतिवेदन अनुसार, पाँच वर्षमुनिका बालबालिकाको डुबेर मृत्यु संख्या १५ मा झरेको छ, जुन १० वर्षको औसतभन्दा २१ प्रतिशत कम हो । तीमध्ये आधा घटना घरायसी स्विमिङ पूलमा भएका छन् । साथै, ५–१४ वर्ष उमेर समूहमा डुबेर हुने मृत्यु दर सबैभन्दा कम देखिएको छ ।
तर चिन्ताजनक पक्ष के छ भने, १५–२४ वर्ष उमेर समूहमा डुबेर हुने मृत्यु दर चार गुणाले बढेर ४४ पुगेको छ, जुन १० वर्षको औसतभन्दा ३८ प्रतिशत बढी हो । प्रतिवेदनले कमजोर वा अपर्याप्त पौडी सीपलाई यसको मुख्य कारणका रूपमा उल्लेख गरेको छ।
समुद्री क्षेत्रमा (समुद्र तट, महासागर तथा चट्टानी किनार) मात्र १५४ जनाको मृत्यु (४३%) भएको छ, जसमा समुद्र तटमा मात्र ८२ जनाको मृत्यु भएको तथ्यांकले देखाउँछ । त्यसैगरी, भित्री जलाशयहरू (नदी, ताल, बाँध) मा १२२ जनाको मृत्यु (३४%) भएको छ, जसमध्ये ९९ जनाको मृत्यु नदीमा भएको हो। लुकेका धाराहरू, अचानक गहिराइ, बाढी तथा जोखिमयुक्त स्थानमा पौडी खेल्नु यस्ता दुर्घटनाका प्रमुख कारणहरू मानिन्छन्।
प्रतिवेदन अनुसार, सबैभन्दा पिछडिएका क्षेत्रका मानिसहरूमा डुबेर मृत्यु दर दोब्बर देखिएको छ भने क्षेत्रीय तथा दुर्गम क्षेत्रमा यो दर मुख्य शहरको तुलनामा झण्डै तीन गुणा बढी छ । राज्यगत रूपमा हेर्दा South Australia (+७१%), Queensland (+३६%), Western Australia (+३६%), New South Wales (+३०%) र Victoria (+८%) मा डुबेर मृत्यु दर बढेको छ भने Northern Territory र Tasmania मा केही कमी आएको छ।
विशेषगरी चिन्ताको विषय के छ भने, पानीमा डुबेर मृत्यु हुने व्यक्तिहरूमध्ये एक तिहाइभन्दा बढी विदेशमा जन्मिएका व्यक्ति रहेका छन्। पर्याप्त पौडी सीप नभएको, अपरिचित तथा अन्जान स्थानमा पौडी खेल्ने, माछा मार्ने तथा निगरानी नभएका स्थानमा जाने गतिविधिहरू उच्च जोखिमयुक्त हुन्। यस्ता जोखिमलाई हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले पूर्ण रूपमा बेवास्ता गर्ने गरेको पाइन्छ, जसका कारण सम्बन्धित निकायका प्रयासहरूका बाबजुद पनि यस्ता दुःखद घटनाहरू वर्षेनी बढिरहेका छन्।
समुद्री तटमा डुबेर पटक पटक हुने गरेको नेपाली विद्यार्थी र युवाहरुको मृत्युबाट चिन्तीत भएर हाम्रो नेपाली समुदायमा कार्यरत सामाजिक संघ संस्था, नेपाली दुतावास र समुदायका अगुवाहरुको पहल र प्रयासमा झडै एक दशक देखि ध्बतभच क्बाभतथ को तालिमलाई नेपाली समुदायको बीचमा पनि संचालन गर्दै आइरहेको छ । तर त्यति प्रभावकारी र परिणाममुखि देखिएन ।
यसले हाम्रो पहल र प्रयास पर्याप्त नभएको हो कि अथवा प्रभावकारी नभएको हो ? सोच्न र मनन गर्न बाध्य बनाइदिएको छ ।
आखिर किन हुन्छन् पानीमा दुर्घटना ? र किन त्यस्ता दुर्घटनामा नेपाली पर्छन र मृत्यु हुन्छन् ?
पर्याप्त पौडी ज्ञान र सीपको अभावका कारण अष्ट्रेलियामा नेपाली युवा विद्यार्थीहरूले समुद्र, नदी तथा तालमा ज्यान गुमाउने घटनाहरू बढ्दो क्रममा छन्। समुद्र तथा पानीमा डुबेर मृत्यु भएका नेपाली विद्यार्थीहरू सम्बन्धी विगतका अध्ययन तथा अनुसन्धानहरूले समेत यही तथ्यलाई पुष्टि गरेका छन्।
गत हप्ता मात्र सिडनी को समुद्री तट मा पौडी खेल्ने क्रममा एक हप्ता को अन्तराल मा २ जना विद्यार्थीको डुबेर मृत्यु भएको घटनाले यस समस्याको गम्भीरतालाई पुनः उजागर गरेको छ। गत बर्ष मात्र अष्टे«लिया भरी ९ जना नेपाली युवा हरू को पौडी खेल्ने क्रममा डुबेर दुखद निधन भएको थियो।
यसअघि सन् २०१८ को सुरुमा नयाँ वर्षको बिदा मनाउने क्रममा पनि अपरिचित स्थानमा पौडी खेल्दा चार जना नेपाली विद्यार्थीको मृत्यु भएको घटनाले अष्ट्रेलिया स्थित सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोक र पीडामा डुबाएको थियो। यी त प्रतिनिधि घटना हरू मात्र हुन् ।
अहिले सम्म जतिपनि यस्ता दुर्घटनाहरु भएका छन्- ती सबैमा पौडी खेल्न नजानेकै कारण समुद्री तटमा खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रतिवेदनले देखाएको छ । यति हुँदा पनि हामी यसतर्पm गम्भीर बन्न सकिरहेका छैनौं । र बन्न खोजिरहेका पनि छैनौं ।
यसबाट नेपाली विद्यार्थीहरु र युवाहरुले अष्टे«लियामा जानुपुर्व आफुलाई तयारी गर्दा सिक्नै पर्ने एउटा महत्वपूर्ण र अनिवार्य पक्ष पौडी कला पनि हो भन्ने कुरा हेक्का राख्नु पर्दछ । त्यस्तै नेपाल बाट अष्टे«लिया पुगेपछि अध्यागमन बिभाग सँग सम्पर्क र समन्वय राखी ती विद्यार्थीहरुको सम्पूर्ण ब्यहोरा अष्टे«लिया स्थित नेपाली दुतावास, गैह्र आवासिय नेपाली संघ लगायत नेपाली समुदायमा कार्यरत संघ संस्थाहरुले संकलन गरेर तिनीहरुलाई भेला गरी प्रत्येकलाई कम्तीमा एकपटक ध्बतभच क्बाभतथ को बारेमा अनिवार्य रुपमा तालिम दिनुपर्दछ । अहिले सम्मको अध्ययनले नेपालमा सिकेको पौडीले मात्र अष्टे«लियाको समुद्री तटमा पौडी खेल्न ज्ञान पर्याप्त नभएको देखाएको छ ।

नेपालमा पौडी खेल्ने स्थान र त्यसको प्रकृति अष्टे«लियाको पौडी खेल्ने स्थान र प्रकृति सँग आकास जमिनको अन्तर छ । नेपालमा पोखरी, ताल तलैया र बगिरहेको नदीमा पौडी खेलिन्छ जहाँ पौडी खेल्न जानेपछि तैरिन सजिलो छ । तर अष्टे«लियामा पौडी खेल्न जाने पनि तैरिन गाह्रो छ । अझ पौडी खेल्न नजानेकोलाई त समुद्रमा आउने स–साना छाल र पानीको चालले पनि ठेल्ने, तान्ने वा लडाउने गर्छ ।
अष्टे«लिया वरिपरीबाट समुद्रले घेरिएको बिशाल टापु हा,े एउटा छुट्टै महादेश हो । यहाँको सबै महत्वपूर्ण शहर र राज्यहरु समुद्री किनारमै रहेका छन् । त्यसैले अष्टे«लियाको जुनसुकै शहरमा जाँदा पनि ऋयकतब िब्चभब हरु प्रशस्तै पाईन्छन् । ती ठाउँहरु हेर्दैमा रमणिय, सुन्दर र मनमोहक छन् । पौडी खेल्न मिल्ने ठाउँ देख्ने बित्तिकै पौडी खेल्ने इच्छा जाग्नु स्वभाविक हो । त्यसमा पनि सुन्दर ठाउँ आकर्षक समुद्री तटमा पौडी खेल्ने रहर कसलाई पो हुँदैन र ? तर ती र त्यस्ता ठाउँहरुमा पौडी खेल्न इच्छा र रहरले मात्र नपुग्दो रहेछ । विशेष पौडी कला नै चाहिन्छ । हाम्रा विद्यार्थी भाईबहिनीहरु यो कुराको ख्यालै नगरी इच्छा जाग्ने बित्तिकै समुद्री किनारमा पुगेर पौडी खेल्न हतारिने गर्दछन् तब न अप्रिय र दुखद घटना घट्ने गरेका छन् ।
यसका अतिरिक्त अष्टे«लिया गर्मी मौसममा अलि बेशी तात्ने ठाउँ हो । जसले गर्दा गर्मी याममा समुद्री तटमा चिसो हावा खाने र पौडी खेलेर आनन्द लिनेहरुको घुँइचो नै हुने गर्दछ यहाँ । यस्तो अवस्थामा नेपाली विद्यार्थीहरु मात्र पौडी नखेली रहन सक्दैन । तर आवश्यक पौडीको ज्ञान र कला बिना पौडी खेल्न पनि सकिदैन । हाम्रा विद्यार्थी भाईबहिनीहरु आवश्यक सीप र ज्ञान बिना नै पौडी खेल्न पुग्छन् र अन्तमा दुःखद स्थितिमा पुग्छन् ।
अष्टे«लियामा समय समयमा लामो बिदा मनाइने गरिन्छ । यस्तो बिदाको समयमा साथी भाईहरु मिलेर अलि टाढा टाढा नयाँ ठाउँहरुमा घुम्न जाने कयाम्पिङ्गमा जाने चलन र संस्कृति नेपाली समुदायमा छ। यस्तो समयमा जहाँ पायो त्यहीँ, जुन बेला पायो त्यही बेला पौडी खेल्न हामफाली हाल्ने, कहिले काहीँ त मदिरा सेवन गरेर समेत पौडी खेल्ने गर्नाले पनि कतिपय विद्यार्थीहरुको अकालमै ज्यान जाने गरेको छ ।
समन्द्रमै पौडी खेल्दा पनि बेला न कुबेला लाइफ गार्डहरु नै नभएको बेला र पौडी नै खेल्न नमिल्ने जोखिमयुक्त ठाउँहरुमा समेत पौडी खेल्ने र समुद्रमा पानी भित्र छिर्नाले पनि पानीभित्र हराउने र मृत अवस्थामा शव भेट्टाउने गरेका छन् ।
साँझपख समुद्रको पानी अलि बढी चलायमान हुने, छाल पनि दिउँसोको तुलनामा कडा र ठूलो हुने गर्छ तर यी कुराहरुको हाम्रो नेपाली भाईबहिनीहरुले पुरै बेवास्ता गर्ने गरेको छ । २०१८ को मध्यतिर मात्र सिडनीको मरुब्रा बीचमा मृत अवस्थामा भेटिएका सृष्टि भण्डारी र सुदिप उप्रेती अँध्यारो बेला साँझपख समुद्री किनारमा घुम्ने क्रममै दुर्घटनामा परि मृत्यु भएका थिए ।
अब देखि त्यस्ता दुर्घटनाहरुको न्युनिकरणका लागि ध्बतभच क्बाभतथ कार्यक्रम र अभियानमा संलग्न सम्बन्धित निकाय र संस्थाहरुले पहिले जस्तै समुदायमा उठेको माग र अनुरोधलाई मत्थर पार्न केवल देखावटी र क्षणिक रुपले कार्यक्रमहरु संचालन गर्ने परम्परागत शैलीको कार्यलाई बन्द गरी अब नयाँ ढंगले अगाडी बढन जरुरी भैसकेको छ ।
अब विगतमा जस्तो एकदिन कार्यक्रम ग-यो अनि हामीले कार्यक्रम गरयौं हैं भनेर प्रचार गर्ने प्रयोजनले फोटोहरु खिच्ने अनि सामाजिक सञ्जालमा पोष्ट गरेर वर्षभरी चुप लागेर बस्ने गलत प्रबृत्तिको अन्त्य गरिनुपर्छ । सार्थक परिणाम आउने गरी प्रभावकारी ढंगले निरन्तर रुपमा नियमित कार्यक्रमहरु संचालन गरिनुपर्दछ । तब मात्र त्यस्ता दुर्घटनाहरुमा कमि आउँछ ।
नेपालीहरुको अष्ट्रेलिया प्रति मोह र आकर्षण बढ्दो छ । यो अवस्थालाई दृष्टिगत गर्ने हो भने नेपालीहरुको अष्ट्रेलिया आगमन बढ्नु सिबाय घट्ने कुनै लक्षण देखिदैन । यसकारण बढ्दो जनसंख्याको अनुपातमा समस्याहरु पनि क्रमिक रुपमा बढ्दै जाने निश्चित नै छ ।
तसर्थ अब आउँदा दिनहरुमा पानीमा हुने दुर्घटना र त्यसबाट हुने क्षतिको न्युनिकरणका लागि स्थायी र दिर्घकालीन खालको परिणाममुखि र प्रभावकारी कार्यक्रमहरु संचालन गर्न अब बिलम्ब गर्नु हुँदैन ।

अन्त्यमा नेपाली युवा तथा विद्यार्थीहरुले अष्ट्रेलिया जानुपुर्व र अष्ट्रेलिया पुगिसकेपछि निम्न कुराहरुमा ध्यान पु-याउनु जरुरी देखिन्छ । यी कुराहरुको मात्र पूर्ण पालना गर्न सकेमा धेरै हदसम्म पानीमा हुने दुर्घटनाहरुलाई न्युन बनाउन सकिन्छ ।
१. अष्ट्रेलिया जानुपुर्व पौडी सम्बन्धी तालिम लिने कमसेकम पानीमा तैरिने कला सिक्ने ।
२. अष्ट्रेलिया पुगेपछि अनिवार्य रुपमा swimming and water safety तालिम लिने ।
३. कुनै पनि ठाउँमा पौडी खेल्नु भन्दा अघि वा पानीमा जानुभन्दा पुर्व त्यहाँ पौडी खेल्न मिल्ने वा नमिल्ने अथवा कस्तो ठाउँ हो सबै जानकारी लिएर मात्र जाने ।
४. Life guard ले निगरानी र पहरा दिईरहेको निश्चीत स्थान र निश्चित समयमा मात्र पौडी खेल्ने ।
५. एक्लै दुक्लै जुन बेला पायो त्यही बेला समुदी किनारमा घुम्न र पौडी खेल्न नजाने ।
६. साथीभाईहरुको उक्साहटमा हौसिएर अथवा आफ्नो बहादुरी देखाउने नाममा जहाँबाट पायो त्यहाँबाट पानीमा डाइभ नहान्ने, हाम नफाल्ने ।
७. धेरै गहिराई सम्म जान सक्छु भन्ने देखाउन समुद्रको धेरै भित्रसम्म पौडी नखेल्ने ।
८. कुनै पनि ठाउँमा पौडी खेल्नु पुर्व त्यहाँ वरिपरी राखिएका सुचना पाटी वा बोर्डहरुको अध्ययन गर्ने ।
९. मदिरा सेवन तथा लागुपदार्थ सेवन गरेको बेला पौडी नखेल्ने ।
यी त भए अष्ट्रेलियामा जाने विद्यार्थीहरुले जान्नु र थाहा पाउनु पर्ने कुरा । त्यस्तै नेपाली युवा र विद्यार्थीहरुलाई अष्ट्रेलिया लाने परामर्श संघ संस्थाहरुको पनि यो अभियानमा सहयोग र सहभागिता जरुरी छ । जसको साथ र सहयोग बिना अभियानलाई सफल र सार्थक बनाउन सकिँदैन । अब आफुहरुले परामर्श दिँदा र तयारी गराउँदा Swimming कोर्शलाई जस्तै प्राथमिकता दिएर Water Safety को तालिम पनि गर्न लगाउनु पर्छ र अष्ट्रेलिया पुगेका विद्यार्थीहरुको लागि त्यहाँको नेपाली समुदायमा कार्यरत संघ संस्थाहरु सँग मिलेर संयुक्त रुपमा ध्बतभच क्बाभतथ को तालिम अनिवार्य दिन लगाउनु पर्छ ।
यसरी बढ्दो पानीजन्य दुर्घटनालाई पूर्ण रूपमा निर्मूल पार्न नसकिए पनि, लक्षित सचेतना, पौडी तालिम, जोखिम पहिचान, समुदाय–केन्द्रित कार्यक्रम र विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरी सुरक्षात्मक अभियान सञ्चालन गर्न सकेमा समुद्र, नदी तथा तालमा डुबेर हुने हालको मृत्युदरलाई उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने निश्चित छ।
अबको आवश्यकता भनेको तथ्यमा आधारित नीतिगत पहल, समुदायको सक्रिय सहभागिता र व्यक्तिगत सतर्कता हो, ताकि अष्ट्रेलियामा सुरक्षित जल–संस्कृतिको विकास गर्दै अनावश्यक ज्यान गुम्ने क्रमलाई रोक्न सकियोस् ।

प्रतिक्रिया