पण्डित दीनबन्धु एडिलेडमा, रक्षा बन्धन कार्यक्रम आयोजना हुदै

पण्डित दीनबन्धु एडिलेडमा, रक्षा बन्धन कार्यक्रम आयोजना हुदै


एडिलेड । वाचन शिरोमणि पण्डित नारायण पोखरेलका छोरा पण्डित दीनबन्धु पोखरेल एडिलेड र क्यानवेरामा आयोजना हुने बिभिन्न धार्मिक कार्यक्रमका लागि एडिलेड आइपुगेका छन् । यसै क्रममा पं पोखरेलबाट हिन्दुहरुको महत्वपुर्ण पर्व जनै पुर्णिमा अवसरमा आगामी अगष्ट १२ , शुक्रवार कनेक्ट एजुकेशन एण्ड भिषा सर्भिसको आयोजनामा हुने जनै तथा रक्षा बन्धन वितरण कार्यक्रममा हुने कनेक्टका निर्देशक देवराज कडेलले बताए । निर्देशक कडेलले प्रवासमा नेपालीहरुको मातृभुमीकै अनुभुती होस भनेर सामाजिक उत्तरदायित्व अन्तरगत पंण्डित पोखरेलबाट रक्षा बन्धन वितरण कार्यक्रम आयोजना गरिएको बताए | हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी धुमधामका साथ मनाउने गरिन्छ । जनै पूर्णीमाका दिन जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ। यस दिन नेपालको तराई मधेशमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ। यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।

Enter

Write to