मानवीय क्षति शून्य राख्ने हाम्रो प्राथमिकता- गृहमन्त्री अर्याल

मानवीय क्षति शून्य राख्ने हाम्रो प्राथमिकता- गृहमन्त्री अर्याल


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद व्यवस्थापनमा सरकारको पहिलो प्राथमिकता मानवीय क्षति ‘शून्य’मा सीमित राख्ने रहेको बताएका छन्।

शनिबार गृह मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रहरी, सेना तथा अन्य निकायलाई उच्च सतर्कतासहित परिचालन गरिएको जानकारी दिए।‘भौतिक क्षति भएका छन्, तर हाम्रो उद्देश्य कुनै पनि मानवीय क्षति हुन नदिने हो,’ उनले भने।

यस्तै उनले विपदको बेला व्यक्तिगत लाभ लिन खोज्ने समूहबारे पनि चेतावनी दिए। ‘सुशासनका लागि बनेको सरकारले आपतकाललाई अवसर बनाएर गैरकानुनी कमाइ गर्न खोज्नेहरूलाई निगरानी र नियन्त्रण दुवै कडाइका साथ गर्नेछ,’ गृहमन्त्री अर्यालले स्पष्ट पारे