काठमाडौं । सरकारले विपदजन्य जोखिमलाई मध्यनजर गर्दै आइतबार र सोमबार (असोज १९ र २०) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा बाढी, डुबान, भूक्षय लगायतका सम्भावित जोखिम तथा सडक र हवाई यातायात प्रभावित हुने अवस्थाका कारण बिदा दिने उल्लेख छ।
विपद व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक अन्य सबै सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले भनेको छ वर्षाका कारण आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाल राज्यभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

यस अवधिमा काम नपरी बाहिर ननिस्कन आग्रह गरिएको छ। मौसम पूर्वानुमानअनुसार शनिबार रातिदेखि भारी वर्षा हुने संभावना छ।
प्रतिक्रिया