आउँदो आईतबार साउथ अष्ट्रेलियामा ईन्द्रजात्रा मनाइँदै, यस्तो छ तयारी !

आउँदो आईतबार साउथ अष्ट्रेलियामा ईन्द्रजात्रा मनाइँदै, यस्तो छ तयारी !


अष्ट्रेलियाको एडिलेडमा सेप्टेम्वर ७ आइतवार येँयाः पुन्ही अर्थात ईन्द्रजात्रा मनाईने भएको छ ।

गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष गौरव राजकर्णिकारले जात्राको मुख्य आकर्षण कुमारी, लाखे, पुलुकिसि, धिमे बाजा, सम्य बस्जि, कुमारी नृत्य, मञ्जुश्री नृत्य हुने जानकारी दिए ।

एडिलेडमा २०१६ बाट शुरु भएको ईन्द्र जात्रा यस बर्ष कसग्रोभ हल, क्लोभेली पार्कमा आयोजना हुने छ । गुठीका सचिव सजिन प्रधानाङ्गले नेपालका अनमोल प्राचीन सम्पत्तिको रूपमा रहेका सांस्कृतिक सम्पदाहरूलाई विश्वमाझ चिनाउँदै लैजानुका साथै रीतिरिवाज, कला संस्कृतिलाई साउथ अष्ट्रेलियाबासिहरु बिच चिनाउने प्रयास स्वरूप ईन्द्रजात्राको आयोजना गरेको हो । उनले नेपालको पर्यटन विकासमा पनि जात्राले टेवा दिने अपेक्षा गरे ।

प्रवेश नि शुल्क रहेको जात्रा यस बर्ष दिनको २:३० बजेबाट शुरु हुने भएको छ । विगत बर्षहरुमा नेपाली समुदाय बाहेक पनि ठुलो मात्रामा गैरनेपालीहरु पनि सहभागी भएकाले यस बर्ष पनि सहभागीता राम्रो हुने अपेक्षा गरिएको सचिव प्रधानाङ्गले बताए ।