आठ सदस्यीय चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग टोली नेपालमा, सबै उच्च नेतासँग भेट हुने

आठ सदस्यीय चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग टोली नेपालमा, सबै उच्च नेतासँग भेट हुने



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज ९आइतबार० विहान काठमाडौं आइपुगेका छन् ।

सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । आठ सदस्यीय टोली सहित उनी नेपाल आएका हुन् ।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादीका माधव नेपाल, मधेशवादी दलका प्रमुख नेताहरुलगायतसँग भेटवार्ता गर्नेछन् ।

पछिल्लो समय अमेरिका र भारतका उच्च कुटनीतिज्ञहरुको काठमाडौं दौड चलिरहेको बेला चिनियाँ सत्तारुढ पार्टीको उच्चतहबाट यो भ्रमण भएको हो । नेपालमा एमसीसी सम्झौता पास भएपछि चीनले यो आफुलाई घेर्ने नीत अन्तर्गत भएको भन्दै कुटनीतिक माध्यमबाट विरोध गर्दै आएको छ ।

पछिल्लो समय नेपालले आफुहरु कुनैपनि सैन्य रणनीतिको हिस्सा नबन्ने स्पष्ट पारिसकेको भएपनि अमेरिका र भारतीय लबीहरुले नेपाललाई मनाउने प्रयास गरिरहेका छन् । अहिलेसम्म नेपाल सरकारले औपचारिक रुपमा अमेरिकालाई एमसीपीको हिस्सा नरहेको पत्र पठाइसकेको छैन ।