भिक्टोरियामा ड्राईभिंङ लाईसेन्स लिने अनलाईन परीक्षा अब निःशुल्क !

भिक्टोरियामा ड्राईभिंङ लाईसेन्स लिने अनलाईन परीक्षा अब निःशुल्क !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलयाको भिक्टोरिया राज्यमा नयाँ ड्राईभिंङ लाईसेन्स लिनेहरुका लागि लाग्ने विभिन्न शुल्क हटाइएको छ । हाल देशैभर भएको मूल्यबृद्धिबाट थोरै भएपनि चालकहरुलाई राहत दिने उद्देश्यले भिक्टोरिया सरकारले यस्तो व्यवस्था ल्याएको हो । आगामी अगष्टबाट लागू हुने नयाँ योजनामा लाईसेन्स लिँदाका परीक्षा शुल्कमा छुटदेखि सुरक्षित रुपमा गाडी चलाउनेहरुलाई पुरस्कृत गर्नेसम्म विषय परेको छ ।

भिकरोडका अनुसार नयाँ योजना अन्तर्गत नयाँ ड्राईभरहरुलाई कार तथा मोटरसाईकलको पर्मिट शुल्क मिनाहा गरिनेछ, यस्तै कारको प्रोबेसनरी अर्थात सर्वसाधारणले बुझ्ने भाषामा पी लाईसेन्स लिँदा लाग्ने शुल्क पनि छुट दिइएको छ । यस्तै लनर्स पर्मिटको लागि गरिने अनलाईन परीक्षा शुल्क अब लाग्ने छैन । हजार्ड अनलाईन टेष्टको पनि कुनै शुल्क नलाग्ने भएको छ । यी सबै छुटहरुबाट एकजना नयाँ ड्राईभरले कम्तिमा पनि १ सय ८० डलरसम्म बचत गर्न सक्नेछन् ।

यसैगरी कम्तिमा पनि तीन वर्षसम्म कुनै सडक दुर्घटना नपरेको वा कुनै सडक सुरक्षा सम्बन्धी जरिवाना नपरेको व्यक्तिलाई सुरक्षित चालक भन्दै लाईसेन्स नवीकरण गर्दा २५ प्रतिशत छुट दिने योजना पनि छ ।

यस सम्बन्धी विस्तृत जानकारीको लागि भिकरोडको यो वेवसाईटमा जानुस्

Click Here >>