तामाङ सोसाइटीले सिड्नीमा नयाँ विद्यार्थीहरुलाई विन्टर बार्बिक्यू गर्दै !

तामाङ सोसाइटीले सिड्नीमा नयाँ विद्यार्थीहरुलाई विन्टर बार्बिक्यू गर्दै !


सिड्नी, अष्ट्रेलिया । तामाङ सोसाईटी न्यूसाउथवेल्सले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट आएका नयाँ विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी जुलाई २३ तारिखमा बार्बिक्यू गर्ने भएको छ ।

जुलाई २३ शनिबार सिड्नीको एसफिल्ड पार्कमा गर्न लागिएको भेटघात तथा बार्बिक्यू सिड्नी आसपासमा बसोबास गर्ने तामाङ समुदायका विद्यार्थीहरु लक्षित रहेको कार्यक्रमका संयोजक योन्जी तामाङले जानकारी दिइन् ।

उनका अनुसार कोभिडका कारण लगभग २ वर्षदेखि सामाजिक भेलाहरु नभइरहेको सन्दर्भमा नयाँ साथी बनाउन अनि भेटघाट र चिनजानका लागि यो उपयुक्त अवसर बन्नेछ । यसअघि पनि तामाङ सोसाईटीले हरेक वर्ष यस्तै जमघट गर्ने गरेको र करिब दुई वर्ष कोभिडका कारण रोकिएपनि यस वर्षबाट भने सुचारु गरिएको उनले जानकारी दिइन् ।