संसद विघटनको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग लिखित जवाफ माग

संसद विघटनको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग लिखित जवाफ माग



प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आज भएको सुनवाइपछि सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालयलगायतका विपक्षीलाई सरकार गठन र प्रतिनिधिसभा विघटनका मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश भएको हो ।

रिट निवेदनकर्ताले अन्तरिम आदेश माग गरेका थिए । संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।