अर्को आन्दोलन अघिपूर्वराजासँग ७ राप्रपा नेताको भेट

अर्को आन्दोलन अघिपूर्वराजासँग ७ राप्रपा नेताको भेट



काठमाडौं । अघिल्लो पटक चैत्र १५ गतेको आन्दोलन अघि दुर्गा प्रसाईंलाई निर्मल निवासमा बोलाएर भेट गरेका पूर्वराजाले राप्रपाको आईतबारको प्रदर्शन अघि शुक्रबार विहान राप्रपाका नेतालाई लन्च मिटिंगमा बोलाएर भेटेका छन् । राप्रपाका ७ जना नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका हुन् । पछिल्लो समय राजावादी गतिविधि बढिरहेका बेला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले शुक्रबार बिहान पूर्वराजालाई निर्मल निवासमा भेट गरेका हुन् ।
भेटमा लिङ्देनसहित नेताहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही सहभागी थिए ।

राप्रपाका उपाध्यक्ष समेत रहेका तामाङले पूर्वराजासँग भेट भएको पुष्टि गर्दै नियमित भेट भएको बताए । सो क्रममा शुभकामना आदान प्रदानका साथै समसामयिक विषयमा छलफल भएको बताइएको छ ।