सिड्नीका सुमन धितालमाथि तातो कफी हान्ने व्यक्ति खोज्दै प्रहरी, के थियो घटना ?

सिड्नीका सुमन धितालमाथि तातो कफी हान्ने व्यक्ति खोज्दै प्रहरी, के थियो घटना ?


सिड्नी, अष्ट्रेलिया ।

सिड्नीको रोजहिलमा रहेको सोल बाउल क्याफेमा कार्यरत एक नेपाली युवा सुमन धितालमाथि एक ग्राहकले अपशब्द प्रयोग गर्दै तातो कफीले हिर्काएर आक्रमण गरेका छन् । यस घटनाको सीसीटिभी फुटेज सार्वजनिक भएपछि यतिबेला अष्ट्रेलियाको समाजमा यस बारेमा व्यापक बहस भइरहेको छ । साथै प्रहरीले उक्त घटनामा संलग्न ग्राहकको खोजी तिव्र बनाएको जनाएको छ ।

खासमा यस्तो थियो घटना

सार्वजनिक गरिएको भिडियोमा क्याफेका कामदारलाई ग्राहकले त्यहीँ रहेकी अर्की युवतीको कफीको पैसा समेत तिर्न खोजेको देखिन्छ । उक्त क्रममा महिलाले चाहिँदैन भनेपछि ति ग्राहक अझै पनि क्याफेका कामदारलाई पैसा लिन जोड गरिरहेका भेटिन्छन् । यसपछि अचानक ति ग्राहक रिसाउँछन् र दुई कप तातो कफी कर्मचारीमाथि फाल्छन् र उक्त ठाउँबाट हिंड्छन् । अष्ट्रेलियामा कार्यस्थलमा गरिने यस्तो व्यवहारलाई निकै सम्वेदनशील मानिन्छ । खासमा नेपाली युवा सुमन धितालले ति युवतीले सित्तैको कफी चाहिँदैन भनेपछि त्यसै निर्णयको सम्मान गरेका मात्र थिए । तर, ति व्यक्तिले भने यसलाई आफ्नो अमान सम्झेको देखिन्छ ।

अष्ट्रेलियाका स्थानीय टेलिभिजनहरुले सुमनसँग कुरा गर्दा उनले आफुले पहिलो पटक यस्तो घटना व्यहोर्नुपरेको बताएका छन् ।
यस्तो थियो घटनाको भिडियो