ब्रिजवेनमा ‘मल्टिकर्चरल फुड फेस्टिभल’ हुँदै

ब्रिजवेनमा ‘मल्टिकर्चरल फुड फेस्टिभल’ हुँदै


ब्रिजवेन ।

क्विन्सल्याण्ड राज्यको ब्रिजवेनमा ‘मल्टिकर्चरल फुड फेस्टिभल’ हुने भएको छ। हेरिटेज हब इनले अप्रिल १२ तारिख शनिबारका दिन ब्रिवेनको स्पिरिङ फिल्डमा उक्त कार्यक्रमको आयोजना गरिने भएको हो। विभिन्न मल्टिकर्चरल सोसाइटीका खानाको एक साथ प्रदर्शन गर्ने उद्देश्यका साथ ‘मल्टिकर्चरल फुड फेस्टिभल’ हुन लागेको हेरिटेज हब इनका अध्यक्ष मनोज खनालले जानकारी दिए। 

उक्त कार्यक्रममा प्रवेश निःशुल्क गरिएको उनले बताए। विभिन्न प्रकार खानाहरूको स्टल, लाइभ म्युजिक, फेस पेन्टिङ, जम्पिङ क्यासल, लक्की गिफ्ट ह्याम्पर र फेमली फोटो सुट फ्रिमा गरिने अध्यक्ष खनालले जानकारी दिए। दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रम राति ८ बजेसम्म चल्ने छ। उक्त कार्यक्रममा क्विन्सल्याण्डका विभिन्न समुदायका साथै नेपाली समुदायलाई उपस्थितिका लागि अध्यक्ष खनालले आग्रह गरेका छन्।