अष्ट्रेलियामा अल्बानिजीबाट मन्त्रिपरिषद्लाई पूर्णता, २३ मन्त्रीसहित ४२ जना सरकारमा

अष्ट्रेलियामा अल्बानिजीबाट मन्त्रिपरिषद्लाई पूर्णता, २३ मन्त्रीसहित ४२ जना सरकारमा


मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजीले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । कूल २३ मन्त्रीसहित केही आउटर मन्त्री र सहायक मन्त्री गरेर कूल ४२ जना मन्त्रिपरिषद्मा छन् । आउटर मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई आवश्यक पर्ने विषयहरुमा आफ्नो योगदान दिने गर्दछन् । नयाँ नियुक्त मन्त्रीहरुको बुधबार सपथग्रहण हुँदैछ ।
मन्त्रिपरिषद् कार्यालयका अनुसार ४२ सदस्यीय मन्त्रिपरिषद् यस्तो छ

यस पटकको लेबर सरकारमा नेपाली समूदायको बाक्लो बसोबास भएका क्षेत्रबाट प्रतिनिधित्व गर्ने लेबरका नेताहरु पनि मन्त्रिपरिषद्मा राम्रो पोर्टफोलियोमा देखिएका छन् । लिन्डा बर्नी अष्ट्रेलियाको आदिवासी अष्ट्रेलियन मन्त्रालयको मन्त्री बनेकी छिन् भने मिशेल रोल्याण्ड सञ्चारमन्त्री बनेकी छिन् । लेबर सरकारमा सहभागी मन्त्री मध्ये १३ जना महिला रहेका छन् । आदिवासी समुदायका महिलामध्ये लिन्डा बर्नी पहिलो मन्त्री बनेकी छन् । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् । तर आदिवासी पुरुष भने एक जना मन्त्री यसअघि केन वाईट मन्त्री बनेका थिए । त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बनेका छन्। 

उपप्रधानमन्त्रीको जिम्मेवारी समेत पाएका रिचार्ड मार्लेसले रक्षा मन्त्रालय सम्हाल्ने छन् भने क्लार ओनेइललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले मन्त्रिपरिषद्को कोषाध्यक्षमा जिम चाल्मर्स, विदेश मन्त्रीमा पेन्नी वाङ र अर्थमन्त्रीमा काती गाल्लाघारलाई पहिलो दिन नै नियुक्त गरेका थिए । उनीहरु सबैले मे २३ मा नै सपथ लिएका थिए ।