काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सलाई विराटनगर किङ्सले एक सय २८ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनायो ।विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेले ।
५५ रन बनाउनुभएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्नुभयो । अकिब इल्यासले १५ रन बनाएका थिए । ओपनर लोकेश बम पाँच रनमा आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिएका थिए । किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन र बेन माइकले एक विकेट लिएका थिए । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया