भोलि शनिबार मेलबर्नमा एभरेष्ट कप फुटबल, ६ टिम भिड्दै !

भोलि शनिबार मेलबर्नमा एभरेष्ट कप फुटबल, ६ टिम भिड्दै !


मेलबर्न, अष्ट्रेलिया ।

मेलबर्नमा शनिबार पहिलो पटक एभरेष्ट कप फुटबल आयोजना हुने भएको छ । कूल ६ टिमको सहभागिता रहेको प्रतियोगिता स्थानीय विलियम्स ल्यान्डिंग रिजर्भमा हुन लागेको हो ।

सियरा होम्सको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता विहान ९ बजदेखि साँझ ५ बजेसम्म हुनेछ । शनिबार नै फाईनल खेलहरु समेत आयोजना हुनेछ भने उपस्थित दर्शकहरुको आकर्षणका लागि किड्स सकर, लेडिज पेनाल्टी सुटआउट, ३५ वर्षमाथिको सकर लिग समेत रहेको छ ।

प्रतियोगिताको आयोजना एभरेष्ट युनाईट क्लबले गरेको हो ।