साउथ अष्ट्रेलियाको संसदमा बहुसांस्कृतिक मन्त्रीको आयोजनामा दशैंको टीका लगाउने कार्यक्रम

साउथ अष्ट्रेलियाको संसदमा बहुसांस्कृतिक मन्त्रीको आयोजनामा दशैंको टीका लगाउने कार्यक्रम



एडिलेड । विजया दशमीको उपलक्ष्यमा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक तथा पर्यटन मन्त्री जो वेटी सनले कोजाग्रत पुर्णिमाको दिनमा एक विशेष कार्यक्रम आयोजना गरेकी छिन् ।
संसद भवनमा रहेको सभाकक्षमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोले नेपालीहरु विशेष रहेकाले सधै त्यसमा गर्व गर्न आग्रह गरिन । उनले अन्य समयमा नेपाली समुदायले आफ्नो संस्कृति शेयर गर्न बोलाउने गरेकोमा अहिले नेपालीहरुलाई आफुले संगै बसेर दशै मनाउन निमन्त्रणा गरेको बताईन ।

कार्यक्रममा बोल्दै साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्काले दशै चाडका बारेमा जानकारी गराएकी थिईन ।
यसैगरी अष्ट्रेलियामा हुर्कदै गरेको दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै श्रीजा कडेल र एडिलेडका क्रियाशिल पण्डित उद्धब खतिवडाले दशैको महिमा वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा पण्डित खतिवडाले सहभागीहरुलाई टिका जमरा लगाईएका थिए । मन्त्री बेटीसनको तर्फबाट विशेष जलपानको व्यवस्था समेत गरिएको थियो ।
एडिलेडमा रहेका नेपाली समुदायका अगुवाहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संसद सदस्य नादिया क्ल्यान्सीले गरेकी थिईन ।