मेलबर्नकी गाबी कानीजे बनिन् सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रेलियन नागरिक

मेलबर्नकी गाबी कानीजे बनिन् सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रेलियन नागरिक


काठमाडौं ।
गाबी कानीजे मात्र १९ वर्ष ६८ दिनमा सगरमाथाको चुचुरोमा पुग्दै विश्वको सर्वोच्च शिखरमा टेक्ने सबैभन्दा कान्छी अष्ट्रेलियन बन्न सफल भएकी छिन् । उनी यतिमा मात्र रोकिएकी छैनन् । उनी सगरमाथाबाट बेसक्याम्पमा ओर्लिँदा नओर्लिदै अर्को अग्लो हिमालय ल्होत्सेको चुचुरोमा पुग्ने अर्को योजना बनाइरहेकी छिन् । खासमा सगरमाथा चढ्ने योजना २ वर्ष अघिको थियो । जतिबेला उनी मात्र १७ वर्षकी थिइन् । तर, समयले साथ दिएन । कोरोनाका कारण विश्व नै ठप्प बन्न पुगेपछि उनी बल्ल सन् २०२२ को सगरमाथा आरोहण सिजनमा अग्लो चुचुरोको फेदमा पुगेकी थिइन् ।

उनको साथमा थिइन् उनकै आमा ५२ वर्षीय जेन कानीजे । खासमा १८ वर्षभन्दा कम उमेर हुने भएका कारण आमाछोरी सँगै हिमाल चढ्ने योजना थियो सन् २०२० मा तर १७ वर्षमा होइन १९ वर्षको उमेरमा सगरमाथा चढ्ने योजना सफल बन्दै थियो ।

म जब यहाँ आएँ यहाँको वातावरणसँग मुग्ध भएँ । यहाँका मान्छेहरु अनि वरपरका विशाल हिमालहरुसँग मेरो प्रिति बस्यो ।”

उनले चोयु हिमाल आरोहण गर्ने सबैभन्दा कम उमेरकी महिलाको रेकर्ड आफ्नो नाममा दर्ता गराएकी छिन् । त्यतिबेला उनको उमेर मात्र १७ वर्ष थियो ।

गाबीले ८ हजार मिटरभन्दा उचाईका तीन हिमाल आरोहण गरिसकेकी छिन् । अर्को वर्ष युरोपको हिमाल चढ्न जाने उनको योजना छ । त्यसपछि फेरि नेपालमा रहेका अन्य उच्च शिखरतर्फ उनको पाईला अघि बढ्नेछ ।

अष्ट्रेलियन किशोरीको साथमा गाईडको रुपमा टेन्डी शेर्पा रहेका थिए । उनकै सहायतापछि गाबीले अन्य हिमालहरुको उचाई नाप्ने आफ्नो अभियान अघि बढाउने निधो गरेकी हुन् ।

गाबीले सन् २०१८ को मे महिनामा सगरमाथा बेसक्याम्प कालापत्थरसम्म पुगेर आफ्नो आरोहणको तयारी गरेकी थिइन् । त्यस्तै सोही वर्षको जुलाईमा ४ हजार ९५ मिटर अग्लो माउन्ट किनाबालु चढिन् भने अगष्ट २०१८ मा न्यूजिल्याण्डमा आरोहण सम्बन्धी प्रशिक्षक हासिल गरिन् । उनले अक्टोबर २०१८ मा आईल्याण्ड पिकको आरोहण गरिन् जुन ६ हजार १ सय ८९ मिटर अग्लो हो । यस्तै मेरा पिक ६ हजार ४ सय मिटर अग्लो आरोहण गरेपछि उनले २०१९ को सेप्टेम्बरमा ८ हजार २ सय १ मिटर अग्लो चोयु हिमाल आरोहण गरेकी थिइन् ।

सगरमाथा जानुअघि उनले गएको अप्रिल महिनामा ६ हजार १ सय १९ मिटर अग्लो लाबोचे हिमालको आरोहण गरेकी थिइन् ।
सगरमाथाको सफल आरोहण पश्चात उनले प्रतिक्रिया दिइन् “म जब यहाँ आएँ यहाँको वातावरणसँग मुग्ध भएँ । यहाँका मान्छेहरु जसले अनि वरपरका विशाल हिमालहरुसँग मेरो प्रिति बस्यो ।”

तर, उनले सगरमाथाको आरोहण सोचेभन्दा १० गुणा बढी गाह्रो भएको पनि बताएकी छिन् ।