एडिलेडमा नयाँ संस्थाको बहुसांस्कृतिक पिकनिक

एडिलेडमा नयाँ संस्थाको बहुसांस्कृतिक पिकनिक


हिमालन मल्टीकल्चर सोसाइटीको आयोजनामा बहुसांस्कृतिक पिकनिक सम्पन्न भएको छ । एडिलेडमा आयोजित बनभोजन कार्यक्रमका प्रमुख अतिथि लेवर पार्टीका सासद तथा साउथ अष्ट्रेलियाको संसदका पुर्व सभामुख रसेल वाटले नेपाली सहितका विभिन्न देशबाट आएका समुदायले अष्ट्रेलियाको विकासमा महत्वपुर्ण योगदान गरेकोमा प्रशंसा गरेका थिए ।

कार्यक्रममा संघिय सांसद स्टीव जर्जनास, संघिय सांसद टोनी जापिया, बहुसांस्कृतिक मामिला र पर्यटन मन्त्री जोए विटिसनका प्रतिनिधि जोन फुलब्रुक, साउथ अष्ट्रेलियाकी सांसद डाना वोर्टले, सालिसबरी काउन्सिलका मेयर गिलियन एल्ड्रिज ओएएम, स्पेन्सका लागि संघीय श्रम उम्मेदवार म्याट बर्नेल, सालिसबरी काउन्सिलका काउन्सिलर सारा ओक, सहितका स्थानिय जन प्रतिनिधि तथा जारी संघिय निर्वाचनका उम्मेदवारहरुको उपस्थित रहेको थियो ।

आयोजक गोविन्द रानाले सोसाइटीले नेपाली समुदायलाइ समेटर हिमालय क्षेत्र संग जोडिएका अन्य समुदायलाई जोड्ने उद्देश्य लिएको बताए । रानाले अतिथिहरु तथा सहभागीहरुलाई स्वागत गर्दै पिकनिक कार्यक्रमले साउथ अष्ट्रेलियमा रहेको बहुसांस्कृतिक समुदायलाई जोड्ने प्रयास गरेको बताए ।

कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा नेपाली गित संगित प्रस्तुत गरिएको थियो भने नेपाली खानका परिकारहरु समेतको व्यवस्था गरिएको थियो । मल्टिडाइनामिक एस ए सहितका व्यवसायीक संस्थाहरुले प्रायोजनमा भएको कार्यक्रममा नेपाली भाषी नेपाली भुटानी सहित दक्षिण एसियाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । भने स्थानिय लेवर पार्टीका नेता तथा कार्यकर्ताहरु उल्लेखनीय उपस्थिति रहेको थियो ।

एडिलेडमा नेपाली समुदायको विस्तार संग विभिन्न संघ संस्थाहरु खुल्ने र गतिविधी बढाउने क्रममा केहि समय अगाडि आएको संस्था हिमालन मल्टीकल्चर सोसाइटीको पहिलो सार्वजनिक कार्यक्रम रहेको थियो । सोसाइटीका अगुवा गोविन्द रानाका अनुसार संस्था दर्ता सहितको कानुनी प्रक्रिया पुरा गर्दै अगाडि बढेको छ । भने हाललाई चार जनाको सानो संचालन समिति रहेको र निकट भविष्यमै पुर्णता दिने रानाले जानकारी दिए ।