मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया, मेलबर्नमा रहेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा रहेको नेपाली मन्दिरमा साउने सोमबारको साँझ शिवजीको आराधनासहित आरती सञ्चालन भइरहेको छ । नेपालमा पशुपतिनाथमा हरेक दिन गरिने आरतिकै झझल्को दिलाउने गरी पण्डित बालव्यास श्रवणले आरतीको नेतृत्व गरिरहेका छन् । विहान ७ बजेबाट नै खुल्ने मन्दिरमा साँझ ५ बजेबाट भजन, कीर्तन सुरु हुने गर्दछ । यस्तै सन्ध्या आरति साँढे पाँच बजेबाट हुने गरेको छ ।
साउने सोमबारमध्ये अन्तिम सोमबार १२ अगष्ट अर्थात् अबको सोमबार महारुद्राभिषेक गरिने भएको छ ।
सन्ध्या आरति र महारुद्राभिषेकमा सहभागी हुन यस कार्यक्रमका संयोजक दिपक आचार्यले आग्रह गरेका छन् ।
प्रतिक्रिया