Logo

एडिलेडमा प्रवासी नेपाली युवा मञ्चले मनायो नयाँ बर्ष



एडिलेड । प्रवासी नेपाली युवा मञ्च साउथ अष्ट्रेलियाले नया बर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च(ओएनएफ) , एनआरएनए लगायत विभिन्न संघ संस्थाका अगुवा सहित दुई सय भन्दा बढिको युवाहरुको उपस्थिति रहेको युवा मञ्चका संयोजक धिरज जङ्ग खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार कार्यक्रममा छेला फाल्ने र घैटो फुटाउने खेल खेलाईएको थियो । जसमा छेलो फाल्नेमा शिव काफ्ले र घैटो फुटाउने खेलमा सुशान्त शर्मा विजयी हुनुभएको थियो । स्थानिय अकल्याण्ड पार्कमा आयोजित कार्यक्रममा पञ्चे बाजा समुहले आफ्नो कला प्रदर्शन गरेको थियो ।