सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै

सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै


काठमाडौं, ३ वैशाख । वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ । अस्ति बिहीबार छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका जोशीको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
गएरातिदेखि मुटुको चाल अस्थिर भएपछि आईसीयूमा राखेर उपचार भइरहेको र अहिले अवस्था सन्तोषजनक रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । बितेको तीन वर्षदेखि शताब्दीपुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।