यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९२ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९१ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.१९ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२७ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.२४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३७ रुपैयाँ रहेको छ।