किरात सोसाईटी साउथ अष्ट्रेलियाको अध्यक्षमा नबिन काङमाङ चयन, अन्य पदाधिकारीमा को ?

किरात सोसाईटी साउथ अष्ट्रेलियाको अध्यक्षमा नबिन काङमाङ चयन, अन्य पदाधिकारीमा को ?


एडिलेड, अष्ट्रेलिया ।

किरात सोसाईटी साउथ अष्ट्रेलियाको पाँचौ साधारण सभाले नबिन काङमाङ नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्षमा अनिल राई, सचिव स्वीकृति तुम्वाहाम्फे, उप सचिव संगिता राई, कोषाध्यक्ष अनुप राई, सह कोषाध्यक्ष मार्गेट राई, जनसम्पर्क अधिकृत मनोज राई, कार्यक्रम संयोजक विनोद राई र गोविन साम्वा, सल्लाहकारहरु मेरिना राई र मिलन राईरहेका छन्।

यसै गरि कार्यसमिति सदस्यहरुमा सुजन राई, सुजल लिम्बु, सुस्मा राई, निर्प हाङ राई, तृष्णा राई, अर्बिन राई, योगेश बान्तवा राई, लोकेन्द्र लिम्बु, सुवास राई, प्रकाश चाम्लिङ राई, हरि हेमब्या रहेका छन्।

केबिसी खबरसंग कुरा गर्दै कार्यक्रम संयोजक विनोद राईले सोसाईटीले विगतमा जस्तै नेपालको विविधताको महत्वपुर्ण संस्कृति पाटो किरात सांस्कृतिक पक्षको प्रवासमा संरक्षण र परिचय गराउदै यहा हुर्केका नेपालीमुलका नयाँ पुस्तालाई आफ्नो परम्परा र संस्कृतिको साक्षात्कार गराउदै साउथ अष्ट्रेलियामा रहेको नेपाली समुदायको हितमा क्रियाशिल रहने बताए।