तास्मानियावासीसँग नेपाली सोसाइटी अफ तास्मानियाले ‘नेपाली नयाँ वर्ष २०८१’ मनाउँदै

तास्मानियावासीसँग नेपाली सोसाइटी अफ तास्मानियाले ‘नेपाली नयाँ वर्ष २०८१’ मनाउँदै


तास्मानिया, अष्ट्रेलिया ।

नेपाली सोसाईटी अफ तास्मानियाले नेपाली नयाँ वर्ष भव्य रूपमा मनाउने भएको छ। सोसाईटीले अप्रिल १२ गते शुक्रबार होबार्ट सिटीको हलमा नेपाली नयाँ वर्षको अवसर पारेर बाल्टी नामक स्टेज नाटक, विभिन्न समुदायका कल्चरल डान्स र सांगीतिक कार्यक्रम गरी नयाँ वर्ष मनाउन लागेको हो। 

साँझको साढे ५ बजेबाट राति ११ बजेसम्म संचालन हुने उक्त कार्यक्रमलाई सिटी अफ होबार्टले आर्थिक सहयोग गरेको सोसाइटीका अध्यक्ष संसारराज चिमोरियाले जानकारी दिए। यस कार्यक्रमको ब्यानर पनि सिटी अफ होबार्टको पेजमा सेयर गरिएको उनले केबीसी खबरलाई जानकारी दिए। ग्रेगोरियन पात्रो (इस्वी संवतको पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ र विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरु भएको हो भनेर यहाँको मल्टिकल्र्चरल सोसाइटीलाई पनि जानकारी होस भनेर नयाँ नेपाली नयाँ वर्ष मनाउन लागेको उनको भनाइ छ। यसरी नेपाली नयाँ वर्ष मनाउँदै गएमा अन्य समुदायले मनाउने नयाँ वर्ष जस्तै यसलाई पनि स्थापित गर्न सकिने उनको तर्क छ। 

यस कार्यक्रममा तास्मानियामा रहेको विभिन्न समुदायलाई आमन्त्रण गरिएको अध्यक्ष चिमोरियाले बताएका छन्। तास्मानियामा रहेका विभिन्न समुदायलाई आफ्नो सांस्कृतिक प्रस्तुतीसहित सहभागीताका लागि निमन्त्रणा पठाएका छौँ, उनले भने। कार्यक्रममा अर्थ ब्यान्डका साथै पाठशालाका बालबालिकाको पनि प्रस्तुति रहेको उनले बताए। सबै उमेर समूहलाई समेट्ने गरी कार्यक्रम तयारी पारिएको उनको भनाइ छ। कार्यक्रमको मुख्य आकर्षक भनेको नेपाली स्टेज नाटक बाल्टी र डिजे रहेको उनले बताए। नेपाली स्टेज नाटक तास्मानियामै सोसाइटीले पहिलो पटक गर्न लागेको अध्यक्ष चिमोरियाले दाबी गरे। स्टेज नाटक बाल्टीमा अष्ट्रेलियामा जन्मेका नाति नातीनीलाई भेट्न आउने नेपाली अभिभावकको कथा रहेको उनले बताए। 

अध्यक्ष चिमोरियाका अनुसार सुरुमा औपचारिक कार्यक्रम हुने छ। औपचारिक कार्यक्रमको अतिथिमा होबार्ट सिटीकी काउन्सिलर डा जलिन्डा, माइग्रेन्ट रिसोर्स सेन्टर तस्मानियाका सिइओ, मल्टिकल्चरल काउन्सिल अफ तस्मानियाका सिइओ र डिपार्टमेन्ट अफ होम अफेयर्स कम्युनिटी एंगेजमेन्टका साहयक निर्देशक रहनुहुने छ। दोस्रो चरणको कार्यक्रममा विभिन्न समुदायबाट सांस्कृतिक प्रस्तुति रहने छन्। 

कार्यक्रममा नेस्ट स्टार अवार्ड पनि घोषणा गरिने उनले बताए। नेपाली सोसाइटी अफ तास्मानियाले हरेक वर्ष नेपाली समुदायमा गरेको योगदानको मुल्यांकन गर्दे अवर्डबाट सम्मान गर्ने गर्दछ। प्रवेश निःशूल्क रहेको कार्यक्रममा सहभागीलाई खानाको पनि व्यवस्था गरिएको उनले जानकारी दिए। नेपाली सोसाइटी अफ तास्मानियाको सबैभन्दा ठुलो कार्यक्रम भएकाले पाँचसय भन्दा बढी सहभागी हुने अपेक्षा गरेको उनको भनाइ छ।