नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दलमा गुरुङ नियुक्त

नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दलमा गुरुङ नियुक्त


काठमाडौं, ९ चैत । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा नियुक्त हुनुभएको छ।पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार शेर्पालाई नेविसंघ केन्द्रीय दतर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गर्नुभएको हो ।
काँग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार नै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गर्नुभएको छ । नेविसंघ तदर्थ कार्यसमिति अध्यक्ष शेर्पा काठमाडौं र तरुण दल अध्इक्ष गुरुङ पर्वतका हुनुुहुन्छ ।
सभापति देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (ंसंशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका नेपाली कांग्रेसका भ्रातृ संघका अध्यक्षमा शेर्पा र गुरुङ नियुक्त हुनुभएको मुख्यसचिव पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।