यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३८ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.१० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.८६ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२३ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.१८ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३१ रुपैयाँ रहेको छ।