खड्काले गरे क्यालिबर विल्डर्स मेलबर्नको डिस्प्ले होम सार्वजनिक

खड्काले गरे क्यालिबर विल्डर्स मेलबर्नको डिस्प्ले होम सार्वजनिक



मेलबर्न, अष्ट्रेलिया ।
सिड्नी, क्यानबेरामा कार्यालय रहेको क्यालिबर विल्डर्सको मेलबर्न शाखाले आफ्नो पहिलो डिस्प्ले होम सार्वजनिक गरेको छ । मेलबर्नको उत्तरी क्षेत्रमा रहेको मिकलममा बनाइएको यो डिस्प्ले होमको आज उद्घाटन गरिएको हो । संस्थाका निर्देशक हरि खड्काले मेलबर्नका व्यक्तित्वहरुको उपस्थितिमा रिबन काटेर डिस्प्ले होमको उद्घाटन गरेका थिए । उनलाई क्यालिबर विल्डर्सका निर्देशक दिपेन्द्र उप्रेतिले साथ दिएका थिए ।

कार्यक्रममा बोल्दै निर्देशक हरि खड्काले आफ्नै घर बनाउने कार्य चुनौतीपूर्ण भएको र कोभिडपछिको परिस्थितिमा धेरै कुराहरु अनिश्चित बन्दा पनि आफुहरुले समयमै घर निर्माण सकाउन सकेको उल्लेख गरेका थिए । उनले जसरी परिवार हुर्काउँदा बालबच्चाको स्याहार गरिन्छ त्यसरी नै आफुहरुले घर निर्माण निकै सुझबुझपूर्ण तरिकाबाट गर्ने गरेको बताए । सम्झौतामा भएको रकममा नै घर प्राप्त गर्न सकिने र थप नयाँ खर्च गर्न नपर्ने पनि उनले बताए ।

उनले भने, “घर एउटा मूल्यमा बनाउन सुरु गरिन्छ बिचमा अन्य विभिन्न खर्चहरु जोड्दै जाँदा ढाड नै भाँचिने हुन्छ । तर, म तपाईंहरुलाई विश्वस्त पार्न चाहन्छु । क्यालिबर होम्ससँग घर बनाउँदा त्यस्तो समस्या आउने छैन ।”

उक्त अवसरमा क्यालिबर विल्डर्सका निर्देशक दिपेन्द्र उप्रेतिले उपस्थिति सबैलाई धन्यवाद दिएका थिए । करिब १० वर्षको अनुभवपछि हरि खड्काले आफ्नै विल्डर्स कम्पनी खोलेका हुन् । यसअघि एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष समेत रहेका हरि खड्काले विभिन्न कम्पनीहरुमा रही काम गरेको अनुभवलाई संगालेर मेलबर्नमा विल्डर्स कम्पनी खोलेका हुन् । उनले मेलबर्नको जुनसुकै क्षेत्रमा पनि आफुले सेवा दिनसक्ने समेत बताएका थिए ।
हेर्नुहोस् केही तस्वीर