अष्ट्रेलियाको एडिलेडमा पाँच जना सवार डुङ्गा डुब्यो : एकको मृत्यु, दुई बेपत्ता

अष्ट्रेलियाको एडिलेडमा पाँच जना सवार डुङ्गा डुब्यो : एकको मृत्यु, दुई बेपत्ता


मेलबर्न अष्ट्रेलिया । दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन्। एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमबार दिउँसो डुङ्गा डुब्दा पाँच जना डुङ्गामा सवार थिए।

केही समयअघि त्यही स्थानको पानीमा एकजना मृत व्यक्ति फेला पारेको प्रहरी अकिारी पल बहरले मङ्गलबार बिहान पत्रकार सम्मेलनमा बताएका छन्। उनका अनुसार मृत व्यक्तिको पहिचान तथा पुष्टि हुन भने बाँकी नै छ।

दुर्घटनामा परेका दुई जिवित व्यक्ति एक चट्टानमा फेला परेको स्रोतले बताएको छ। डुङ्गामा सवार रहेका परिवारका सदस्य तथा नजिकका साथीहरूको समूह रहेका प्रहरीले जनाएको छ।