इलाम-२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

इलाम-२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने


चैत ११, काठमाडौं । नेकपा एमालेले आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यलय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले इलाम क्षेत्र २ बाट सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले भने,‘बैठकले आगामि बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नं २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। वझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।’

एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २७ गते निधन भएपछि उक्त स्थान रिक्त थियो। सिफारिस भएका सुहाङ सुवासचन्द्र नेम्वाङका कान्छा सुपुत्र हुन्।